दफा १७
बोर्डले थप सुविधा उपलब्ध गराउन सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएका बखत दफा १२ बमोजिम प्राप्त हुने सुविधाका अतिरिक्त बोर्डले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिमको परियोजनाका लागि तोकिए बमोजिमको थप आर्थिक सुविधा दिन सक्नेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम उपलब्ध भएको सुविधा तोकिएको अवधिसम्मको लागि उपयोग गर्न बाधा पर्ने छैन ।
तर बोर्डले यस ऐन बमोजिम अनुमति दिंदाका बखत दिइएको सुविधाको दुरूपयोग भएको ठहर गरेमा त्यस्तो सुविधा बोर्डले रद्द गर्न सक्नेछ । त्यसरी सुविधा रद्द गर्नु अघि तोकिए बमोजिम सफाइको मौका दिनु पर्नेछ ।